Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

तिनाउ खोलामा खसेको बस निकाल्न सकिएन

तिनाउ खोलामा खसेको बस निकाल्न सकिएन
by बी एन एन

काठमाण्डौ साउन २५

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्दबाबा नजिकै ढुंगा माटोसहितको पहिरोले तिनाउ खोलामा खसेको बस डुबेको अवस्थामा भेटाएपनि अहिले सम्म निकाल्न सकिएको छैन ।
सशस्त्र प्रहरी बल कुरिनटारमा रहेको गोताखोर टोलीले हिजै भेटाएपनि साँझ परेपछि आज बिहानै देखि पुन काम थालेको छ । ११ जना गोताखोर टोलीले दिनभर लगाएर बसको खोजी गरेको थियो । गोताखोर टोलीले बसको अगाडीको भाग उठेको र पछाडिको भाग तल च्यापिएको अवस्थामा भेटाएको जनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिनाले बताउनुभयो ।
उपकरणसहित आएको टोलीले उद्धारमा जुटेको एक घण्टामै बस भेटाएको थियो । तर, निकाल्न अत्यन्तै अप्ठ्यारो भएकाले समस्या भएको हो । डोरीबाँधेर, टोचन, डोजर लगाएर बस निकाल्ने प्रयास गरिएपनि असफल भएको छ ।
राजमार्गमाथिको झण्डै एककिलोमिटर माथीबाट ढुंगा, माटोसहित खसेको पहिरोमा परेर गएको शनिबार दिउँसो यात्रुबाहक बस बगाएर खोलामा खस्दा तीन जनाको शव फेला परेको थियो ।
डुबेको बस निकाल्न सकेमा मानवीय क्षति भए नभएको ढुक्क हुने प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन । अन्य कति वेपत्ता भए भन्नेसमेत खुल्न नसकेको दोभान प्रहरी चौकी प्रमुख धीरेन्द्र श्रेष्ठले बताउनुभयो । बसका सहचालकले २२ जना बसमा रहेपनि १५ जनाजति पहिरो खस्दा खस्दै भाग्न सफल भएको बताउँदै आएका छन् ।

0 comments:

Post a Comment