Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, August 18, 2015

इटहरीका ब्यापारी बन्द बिरुधमा

by बी एन एन| इटहरी,  भदौ १|

बन्दका कारण दैनिक करोडौंको नोक्सानी व्यहोर्नु परेको भन्दै इटहरीका उद्योगी व्यवसायीहरुले बन्दको अवज्ञा गरेका छन् । मंगलबार बिहानैदेखि इटहरीका बजार–पसल खुलेका छन् । सबै व्यापारीहरुले स्वतस्र्फुतरुपमा बजार पसल खोलेका हुन् । मंगलबार इटहरीमा बन्दको कुनै प्रभाव परेन । यसैबीच उद्योग वाणिज्य संघ इटहरीको अगुवाईमा इटहरीमा भएको छलफलमा समेत व्यवसायीहरुले सधैंभरी बन्द सहेर बस्न नसक्ने बताएका छन् । उनीहरुले अब बन्दका क्रममा बजार पसल र उद्योगहरु बन्द नगर्ने बताएका छन् । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रोहित प्रसाईले व्यापारीहरुको चाहनाअनुरुप अबका दिनमा इटहरीमा उद्योग बजार पसल बन्द नगर्ने बताउनुभयो । उहाँले कोशी अञ्चलका सबै व्यापारीहरुलाई पनि बजार पसल बन्द नगर्न आग्रह गर्नुभएको छ । छलफलपछि व्यापारीहरुले इटहरीमा मोटरसाईकल ¥यालीसमेत निकालेका थिए । ¥यालीमा सहभागीले इटहरी चौकको परिक्रमा गर्दै व्यापारीहरुलाई बजार पसल सञ्चालन गर्न आग्रह गरेका थिए ।

0 comments:

Post a Comment