Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 6, 2015

आज पूर्वाञ्चल बन्द

आज पूर्वाञ्चल बन्द
by bnn
विराटनगर, २२ साउन : संविधानमा हिन्दूराष्ट्र कायम गर्नुपर्नेसहित तीनबुँदे माग राख्दै शुक्रबार वैदिक सनातन हिन्दूराष्ट्र नेपाल संयुक्त संघर्ष समितिले पूर्वाञ्चल बन्द गराएको छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, विद्यालय, कलेज बन्द हुँदा पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । समितिले संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने, गौवंश हत्या संविधानमा नै निधेष गर्नुपर्ने र धर्म परिवर्तन संविधानमा नै निषेध गर्नुपर्ने माग गर्दै आज एकदिनका लागि पूर्वाञ्चल बन्द गराएको हो । संघर्ष समितिका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेलले बन्द हड्ताल नगरी सरकारले नदेख्ने र नबुझ्ने गरेकाले बन्दको विकल्प अपनाउन बाध्य भएको बताउनुभएको छ । उहाँले आफूहरुले दुई सातादेखि नियमित शान्तिपूर्ण प्रदर्शन गरिरहे पनि कुनै सुनवाइ नगरेकाले पूर्वाञ्चल बन्द आह्वान गरिएको बताउनुभयो । बन्दका कारण यातायात नचल्दा यात्रुहरु अलपत्र परेका छन् भने परीक्षा सञ्चालन भइरहेका विद्यालयका विद्यार्थीहरुसमेत बन्दका कारण प्रभावित बनेका छन् । संघर्ष समितिको नेतृत्वमा हिन्दूवादीहरुले दुई सातादेखि इटहरीमा दैनिक प्रदर्शन र चक्काजाम गर्दै आएका छन् ।

0 comments:

Post a Comment