Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

राउटेले मागे दसैंखर्च

राउटेले मागे दसैंखर्च

by :ब्रोड नेपाल न्युज |२०७२ साउन २३ शनिबार

काठमाडौं: राउटे समुदायले सरकारसँग दसैंखर्च माग गरेका छन्। सातजनाको समूहमा राजधानी आएका राउटेले सिंहदरबारमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई भेट गरी शुक्रबार दसैंखर्च माग गरेका हुन्।

राउटेले दसैंका समयमा आफूहरूसँग खसी, चामल, तेल, बेसार, मसलालगायतका खाद्यसामग्री नहुने भएकाले राष्ट्रिय चाड मान्न त्यस्ता सामग्री उपलब्ध गराइदिन सभाध्यक्ष नेम्बाङसँग आग्रह गरेका हुन्। राउटेहरू मध्यपश्चिम र सुदूरपश्चिमका जंगलमा बस्दै आएका छन्। सहायक मुखिया शिवराज शाहीको नेतृत्वमा राउटेहरू राजधानी आएका हुन्।

सहायक मुखिया शाहीले अध्यक्ष नेम्बाङले आफूहरूको माग प्रधानमन्त्री सुशील कोइरालासम्म पुर्याीइदिने प्रतिबद्धता जनाएको जानकारी दिए। शाहीले अध्यक्ष नेम्बाङलाई काठको बाकस उपहार दिँदै संविधानमा समावेश गराउनुपर्ने भन्दै राउटेका तर्फबाट नौबुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए।

ज्ञापनपत्रमा राउटे समुदायले संरक्षित क्षेत्रको माग गरिएको छ। यसैगरी नयाँ संविधानमा लोपोन्मुख आदिवासी जनजाति राउटे जाति लेख्ना पनि उनीहरूको माग छ।

उनीहरूले आफ्नै बस्तीमा पुगेर नागरिकता वितरण गर्नुपर्ने, सबै सरकारी निकायमा प्रतिस्पर्धा गर्न सहुलियत दिनुपर्नेलगायतका माग गरेका छन्।
- AP

0 comments:

Post a Comment