Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 9, 2015

विराटनगर जुट मिल्स तत्काल सञ्चालन गर्न माग


विराटनगर जुट मिल्स तत्काल सञ्चालन गर्न माग
by ब्रोड नेपाल न्युज (बी एन एन)
विराटनगर, २४ साउन : संयुक्त संघर्ष समिति विराटनगर जुट मिल्स लिमिटेडले तत्काल विराटनगर जुट मिल सञ्चालन गर्न माग गरेको छ । संयुक्त संघर्ष समितिमा आबद्ध मिल्सका पूर्वकर्मचारीहरुले तत्काल मिल सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न २२ वटा सरोकारवाला निकायलाई बोधार्थ दिएर मिल्स प्रशासनलाई आइतबार ज्ञापनपत्र समेत बुझाएका छन् । मिल परिसरमा आज आयोजित एक कार्यक्रमकाबीच संयुक्त संघर्ष समितिका सचिव ज्ञानबहादुर राईले मिल्सका प्रशासकीय अधिकृत तारानाथ तिम्सिनालाई मिल तत्काल सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो । संयुक्त संघर्ष समितिका अध्यक्ष नानीकाजी श्रेष्ठले मिल बन्द भएपछि मिलका कर्मचारीहरुको बिजोग भएको भन्दै तत्काल सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले १ महिनाभित्र मिल सञ्चालनमा नआए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । २०६५ साल असोज २४ गतेदेखि बन्द भएको मिल २०७० साल पुस महिनादेखि भारतको कोलकतास्थित विन्सम इन्टरनेशनल लिमिटेडले २५ वर्षका लागि भाडामा लिएर सञ्चालन गर्दै आएको थियो । तर विन्सम इन्टरनेशनल लिमिटेड २०७१ साल भदौ ५ गतेदेखि मिल बन्द गरेर सम्पर्कविहीन भएको छ ।

makalu

0 comments:

Post a Comment