Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी

प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी
by बी एन एन

काठमाण्डौ साउन २५

प्रदेशहरुको सीमांकन विरुद्ध थारु र मधेसीले संयुक्त आन्दोलनको तयारी गरेका छन् । संविधानसभाबाटै सीमाकंनको प्रस्ताव असफल गराउने तयारी पनि भइरहेको छ । उता कैलाली कञ्चनपुर बन्दको आह्वान गरेर थारुहरु सडकमा उत्रिइसकेका छन् ।
थारु सभासद र मधेसी अगुवाहरुबीच आन्दोलनको कार्यक्रम बनाउन छलफल भइरहेको फोरम लोकतान्त्रिकका महासचिव समेत रहनुभएकासभासद रामजनम चौधरीले जान्कारि दिनुभयो ।
चौधरीका अनुसार थारु बाहुल्य बस्तीलाई टुक्राटुक्रा पारिएको बिरोधमा सबै मधेस केन्द्रितका दलका साथै एमाओवादी पार्टीले संशोधन प्रस्ताव हाल्ने भएका छन् । त्यसमा कांग्रेसका थारु र मधेसी सभासदले समेत साथ दिने भएका छन् ।
थारु सभासदहरुको संयुक्त संघर्ष समितिले आज मधेसका अगुवाहरुसँग संयुक्त आन्दोलन चलाउनका लागि छलफल गर्न लागेको चौधरिले बताउनुभयो ।
उता जनजाति महासघंका पूर्वअध्यक्ष समेत रहनुभएका थारु अगुवा राजकुमार लेखीले थारु एक्लैले आन्दोलन गर्ने कि मधेसीहरुलाई पनि लिने भन्ने बारेमा छलफल भइरहेको बताउनुभएको छ ।
दाङदेखि कञ्चनपुरसम्मको थारु बाहुल्य भूभागलाई एउटै प्रदेश बनाउनुपर्ने र उदयपुर एवं सप्तरीदेखि झापासम्मको अर्को प्रदेश बनाउनुपर्ने माग लिएर आन्दोलन हुन लागेको छ ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाका अगाडि सबै नेता र पार्टीहरु निरीह भएको भन्दै सत्तापक्षका थारु सभासदहरुले समेत अहिलेको प्रस्तावको विरुद्ध मतदान गर्ने बताएका छन् । आफूहरुको प्रस्तावमा बहुमत जुटाउन सबै दलका सभासदहरुलाई मनाउने र हस्ताक्षर गराउने प्रक्रिया समेत चलाउन लागिएको चौधरीले बताउनुभयो ।
थारु सभासदको अगुवाइमा हुन लागेको आन्दोलनलाई फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले समर्थन गरिसक्नु भएको छ भन्दै अब आन्दोलनबाटै चार दलको प्रस्ताव संशोधन गराउने लेखीले बताउनुभयो ।

0 comments:

Post a Comment