Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 3, 2015

मन्त्री रिजालको प्रस्ताव नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो !

मन्त्री रिजालको प्रस्ताव नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो !
By: BNN
मंगलबार राष्ट्रपति भवनमा आयोजना गरिएको ‘ राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक हराउँनुको रहस्य खुलेको छ । उनी हराउँनुको रहस्य पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् । करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका थिए । तर , सरकारी अवार्ड न परे । झन् त्यसमाथि ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो । यो कुराको खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड किन खोसिदिए त रु र, रिचालाई नै दिनुको कारण के हुनसक्छ रु भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत , यस्ता खालका अवार्ड समारोहपछि विभिन्न खालका चर्चा चल्ने गरेका हुन्छन् । तर , जुरी नै असन्तुष्ट हुनुले पक्कै पनि ‘ दालमा केही कालो छ ’ भन्ने देखाउँछ । तर कालो चाहिं केमा थियो ?
Source: Naya khabar

0 comments:

Post a Comment