Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 22, 2015

बन्दकर्ताले दुईवटा मालबाहक ट्रकमा आगजनी


by बी एन एन
सप्तरी, ५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–पोर्ताहा सडकखण्डमा शनिबार बिहान बन्दकर्ताले दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन् । उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले पोर्ताहा–५ स्थित सडकमा ना ३ ख ७३०० नम्बरको मालबाहक ट्रकमा आगो लगएका हुन् । आगजनीका कारण ट्रक पूर्णरुपमै क्षतिग्रस्त भएको छ । यस्तै पूर्वतर्फ आइरहेको ना ४ ख ४२६६ नम्बरको यात्रुबाहक बसमा समेत बन्दकर्ताहरुले अन्धाधुन्ध ढुंगामुढा गरेका छन् । यात्रुसमेत रहेको बसमा ढुंगामुढा गर्दा बस अनियन्त्रित भएर भारदह–१ स्थित सडकमा पल्टिएको थियो । बस पल्टिँदा १४ जना यात्री घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनभयो । घाइतेहरुमध्ये ५ जनालाई उपचारका लागि राजविराज पठाइएको र बाँकी ९ जना प्राथमिक उपचारपश्चात घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment