Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Sunday, August 9, 2015

तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिए

तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिए
by ब्रोड नेपाल न्युज (बी एन एन)

बिराटनगर, २४ साउन ।

तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिएका छन् । उनी लुटिएका मात्र होइन मृत्युको मुखबाट बचेर आएका छन् । बिराटनगर–३ डिएसपी रोडका उमेश कामत साउन १५ गते शुक्रबार बोलबमतर्पm ५÷७ साथीभाईसंगै निस्किएका थिए । आइतबार साथीभाई संगै सुल्तानगंजबाट जल उठाएर पैदल हिंडेका उनी ७÷८ किलोमिटर पार गरेपछि सुई पहाडमा लुडिएका हुन् । उनी सुल्तानगंजबाट केही पर पुगेपछि साथी भाई पनि छुटे । संगै हिंडेका अन्य अपरिजितसंगै हिंडेका उनी सुई पहाड पुगेपछि आइतबार सा“झ ७ बजेतिर लुटिए । उनीहरुले कामतलाई जंगलतर्पm लगेर बेहोस बनाएर लुटपाट गरे । करिव ८÷१० जनाको समूहमा रहेका व्यक्तिहरुले लुटपाटका क्रममा कुटपिट गर्नुका साथै हात खुट्टा बा“धेर लडाएको उनका दाजु दिनेश कामतले बताउनु भयो । लुटेराहरुले उनीसंग रहेको ५÷७ हजार नगद, मोवाइल सेट पनि लगेका छन् । कामतको हात, खुट्टालगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । लुटेराहरुले बोलबमको पंहेलो बस्त्र च्यातिदिएर पुरानो च्यातिएको कपडा लगाईदिएका थिए । साथै नजिक १५ रुपैंया भारतीय रुपैंया पनि छाडिदिएका थिए । उनलाई च्यातिएको लुगा लगाएको देखेर बसलेसमेत यात्रा गर्न नदिएको दाजु दिनेशले बताएका छन् । उनका अनुसार आ“खामा सुई हानेर दुई दिनसम्म बेहोस अवस्थामा जंगलमा रहेको भाई त्यहि १५ रुपैंया दिएर जसोतसो साउन २१ गते जोगवनी आए । बिराटनगर आएपश्चात उनलाई गोल्डेन अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकहरुले दुई महिना आराम गर्न कामतलाई सल्लाह दिएका छन् ।

0 comments:

Post a Comment