Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

मुलुकका सातवटा विश्वविद्यालयमा पदअधिकारी बीहिन।

मुलुकका सातवटा विश्वविद्यालयमा पदअधिकारी बीहिन।
by: ब्रोड नेपाल न्युज (बी एन एन)
मुलुकका सातवटा विश्वविद्यालयमा शुक्रबारदेखि उपकुलपति पद रिक्त भएको छ । त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालय उपकुलपतिको चार वर्षे पदावधि पूरा भएपछि नेतृत्वविहीन भएका हुन् ।  त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति, रेक्टर र रजिस्ट्रार गरी तीन पदाधिकारी र अन्यमा उपकुलपति र रजिस्ट्रारमात्र रहने व्यवस्था छ । विश्वविद्यालयहरुमा उपकुलपतिको पदावधि सकिएको छ भने अन्य पदाधिकारीको अवधि पनि केही महिनापछि सकिने छ ।
नियमानुसार नयाँ पदाधिकारी छनोटका निम्ति शिक्षामन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति बन्छ । राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने परम्परा छ । शिक्षा मन्त्री चित्रलेखा यादव विदेश भ्रमणबाट बिहीबारमात्र फर्किएकाले अहिलेसम्म सिफारिस समिति गठन हुन नसकेको एक अधिकारीले बताए । विश्वविद्यालयका पदाधिकारी बन्न राजनीतिक दलनिकट प्राध्यापकमा आफूलाई सिफारिस गराउन दौडधुप भइरहेको छ ।

0 comments:

Post a Comment