Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, August 7, 2015

इटहरीमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी


इटहरीमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

by ब्रोड नेपाल न्युज (बी एन एन)

इटहरी

वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । हिन्दुवादी प्रदर्शनकारीले इटहरीको पश्चिम लाइनमा बा ३ ख ११०९ नम्बरको माइक्रो तोडफोड गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो । प्रहरीले तोडफोडमा संलग्न छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दुर्गा विक, कुवेश घिमिरे, प्रमोद यादव र जनार्दन पाण्डे सहित रहेका छन् । प्रहरीले सो क्रममा केहिलाई लाठि चार्ज समेत गरेको छ । प्रहरीको लाठि लागेर केहि प्रदर्शनकारी सामान्य घाइते भएका छन् । यसैबिच, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरिक्षक नरबहादुर विकले सगरमाथा टेलिभिजनका पत्रकार ध्रुव ढकालमाथि समेत लाठि प्रहार गरेका छन् । घटनाका विषयमा रिपोर्टिङ गर्न पुगेका ढकालमाथि पत्रकार हुँ भन्दा भन्दै विकले लाठि प्रहार गरेको ढकालले जानकारी दिनुभएको छ ।

यता, हिन्दुवादीले आह्वान गरेको बन्द प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । बिहानैदेखि बन्दको खासै प्रभाव नरहेको भएपनि इटहरीको पश्चिम लाइनमा भने प्रदर्शनकारीहरुले अवरोध गर्दै आएका थिए । तर प्रहरीले पश्चिम लाइनमा पनि बल प्रयोग गरी खुलाएको हो । अहिले इटहरी सहित पूर्वका अधिकांश ठाउँमा यातायात सूचाउ छ भने पसल व्यवसाय र विद्यालय पनि खुला छ । यता प्रदर्शनकारीहरु पुनः संगठित हुदै प्रदर्शनको तयारीमा रहेका छन् ।

0 comments:

Post a Comment