Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, August 18, 2015

राजधानीका अधिकांश कन्सल्ट्यान्सीमा प्रहरीको छापा,सयौं पासर्पोट र नक्कली स्ट्याम्प बरामद, २ दर्जनभन्दा बढी नियन्त्रणमा

By: बी एन एन|काठमाडौं |भदौ १|
सयौं पासर्पोट र नक्कली स्ट्याम्प बरामद, २ दर्जनभन्दा बढी नियन्त्रणमा
मंगलबार दिउँसो २ बजेतिर सादा पोशाकमा रहेको प्रहरीको एक टोली राजधानीको पुतलीसडकमा रहेको इस्ट वेस्ट कन्सल्ट्यान्सीभित्र छिर्‌‍यो। प्रहरी टोलीले त्यहाँ कार्यरत कर्मचारीलाई आफ्नो परिचय दियो। कन्सल्ट्यान्सी दर्ताका कागजपत्र माग्यो। कर्मचारीहरुले कन्सल्ट्यान्सी सञ्चालक नेपालबाहिर रहेको र दर्ताका कागजपत्रका बारेमा ज्ञान नभएको बताए।
जापानमात्र पठाउने सो कन्सल्ट्यान्सीले एक जनाबाट ११ लाख उठाउँदै आइरहेको थियो। प्रहरी निरीक्षक गोविन्द पन्थीले त्यहाँ रहेका कर्मचारीलाई विदेश जानेहरुको पासपोर्ट राख्नुभएको छ भनेर प्रश्न गरे।

कर्मचारी बिनिता राईले ३ वटा मात्र छ भन्दै दराज खोलिन्। दराजमा २७ वटा पासर्पोट र २ दर्जनभन्दा बढी स्ट्याम्प भेटियो। विभिन्न जिल्लामा रहेको प्लस टु क्याम्पस र जापानमा रहेका विश्वविद्यालयको पनि छाप फेला परेपछि प्रहरी टोली दंग पर्‍यो।
कन्सल्ट्यान्सी सञ्चालक बाहिर रहेकाले एक साताभित्र महानगरीय प्रहरी अपराध अनुसन्धान टेकुमा सम्पर्क राख्न भन्दिनु भन्दै बरामद गरेको सामग्री लिएर प्रहरी टोली अर्को कन्सल्ट्यान्सीमा छापा मार्न भित्र पस्यो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले कन्सल्ट्यान्सीहरू ठगी धन्दामा लागेपछि छापा मार्न बाध्य भएको बताए। कन्सल्ट्यान्सीहरू विद्यार्थीलाई राम्रो स्थानमा कसरी पढ्न पठाउने भन्नेतिर नलागेर पैसा कमाउनेतर्फ लागेपछि छापा मारिएको उनले बताए।
छापा मार्ने क्रममा कन्सल्ट्यान्सीले नक्कली सर्टिफिकेट समेत बनाइदिने गरेको खुलेको उनले सुनाए।
अवैधानिक रुपमा खुलेका कन्सल्ट्यान्सीलाई कानुनी दायरामा ल्याउन महाशाखाले अभियान नै चलाएर छापा मारेको खनालले बताए। विदेश पढ्न जानेलाई नक्कली शैक्षिक प्रमाणपत्र समेत बनाई कन्सल्ट्यान्सीहरूले पठाउने गरेको खुल्न आएको उनले सुनाए।

प्रहरीले मंगलबार पुतलीसडक, बागबजार, लगनखेल, चाबहिल लगायतका स्थानमा रहेका कन्सल्ट्यान्सीमा छापा मारि सयौँ पासर्पोट बरामद गरेको छ भने २ दर्जनभन्दा बढी संचालकलाई नियन्त्रणमा लिएको छ।

छापा मार्ने क्रममा प्रहरीले विदेश पढ्न जानेहरुको पासर्पोट लिएको, कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएपनि शिक्षा मन्त्रालयबाट अनुमति नलिएका भेटिएको महाशाखाका प्रवक्ता एसपी प्रकाश अधिकारीले जानकारी दिए।

जापान, क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा पढ्न भन्दै पठाउने र विद्यार्थीहरुसँग सरकारले तोकेको भन्दा ४ गुणाभन्दा बढी असुल्ने काम कन्सल्ट्यान्सीबाट भइरहेको उनले बताए।

अहिले कन्सल्ट्यान्सीहरुले क्यानाडा, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देश जानेहरुसँग कम्तिमा पनि १० लाख देखि १८ लाखसम्म असुलिरहेका छन्। 

नेपालमा झन्डै ५ सयको हाराहारीमा यस्ता एजुकेशन कन्सेलटेन्सीले कम्पनी ऐन अर्न्तगत कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर सञ्चालनमा छन्।

अहिलेसम्म ४१ वटा शैक्षिक संस्थाले शैक्षिक परामर्श केन्द्रमा सेवा सञ्चालनको अनुमति लिएका छन्।

४ सय ५ वटा संस्थामा सेवा सञ्चालनको स्वीकृतको लागि अनुगमन भइरहेको शैक्षिक परामर्श शाखा केन्द्रका प्रमुख नन्दलाल पौडेलले सेतोपाटीलाई बताए।

उच्च शिक्षालाई विदेश जान खोज्ने विद्यार्थीसँग प्रक्रिया सुरु, भाषा कक्षा, प्रमाण पत्र प्रमाणिकरण, कुरियर, सेवा शूल्कजस्ता कामलाई भनि संस्थापिच्छे फरक-फरक शूल्क लिने गरेका छन्।

विदेश पढ्न पठाउने कन्ल्ट्यान्सीमा मनपरी शूल्क असुली

0 comments:

Post a Comment