Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Monday, August 10, 2015

एनसेलको रिचार्जमा नयाँ बोनस योजना

एनसेलको रिचार्जमा नयाँ बोनस योजना

by:ब्रोड नेपाल न्युज (बी एन एन)| २०७२ साउन २५ सोमबार

काठमाडौं: एनसेलले आफ्ना ग्राहकलाई लक्षित गरेर रिचार्ज गर्दा नयाँ बोनस योजना ल्याएको छ।

योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले हप्तामा दुईपटक एक सय रुपैयाँ रिचार्ज गर्दा एक सय रुपैयाँ नै बोनस प्राप्त गर्नेछन्।

एनसेलले रिचार्जमा नयाँ बोनस योजना साउन २४ गतेदेखि लागू गरेको छ।

एनसेलको प्रिपेड सिम चलाइरहेका ग्राहकले योजनाको प्रयोगबाट भरपूर लाभ लिन सक्ने कम्पनीले जनाएको छ।

उक्त योजना साप्ताहिक चक्रमा चल्नेछ। आइतबारदेखि शनिबारसम्म गरिएको रिचार्जलाई गणना गरिनेछ।

एनसेलका अनुसार नयाँ योजनामा ग्राहकले एक चक्रमा दोस्रोपटक एक सय रिचार्ज गर्नेबित्तिक्कै एक सय रुपैयाँको बोनस ब्यालेन्स प्राप्त गर्नेछन्।

प्रिपेडमार्फत ब्यालेन्स ट्रान्सफरबाट प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य हुनेछैन।

प्राप्त बोनसबाट एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ। बोनस पाँच दिनसम्म मान्य हुनेछ।

रिचार्ज कार्ड, भीएफटी, बैंक तथा अन्य कुनै पनि माध्यमबाट रिचार्ज गरी उक्त योजनाको लाभ लिन सकिनेछ।

ग्राहकले एस्ट्रिक्स १७११४ ह्यास डायल गरी हप्ताभरि आफूले गरेको रिचार्जको निःशुल्क जानकारी लिन सक्नेछन्।

'एनसेलका ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यअनुरूप हामीले रिचार्जमा बोनस अफर ल्याएका हौं', एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, 'नयाँ योजनाले हाम्रा प्रिपेड ग्राहकलाई आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्‍वास छ।'

रिचार्जमा नयाँ बोनस योजना १२ सातासम्म चल्ने कम्पनीले जनाएको छ।
अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र युट्युबमा जोडिनुस् । मोबाइलका लागि एन्ड्रोइड र आइस्टोरबाट एप डाउनलोड गर्नुस् ।

0 comments:

Post a Comment