Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Tuesday, August 4, 2015

ट्रकको ठक्करबाट दुई जना घाइते

ट्रकको ठक्करबाट दुई जना घाइते
by बिराट नगर News
सुनसरी, साउन १९ गते।
सुनसरीको इनरुवा नगरपालिका ६ स्थित पूर्वपश्चिम राजमार्गमा आज दिउँसो ट्रकले सिटी रिक्सा र ठेलालाई ठक्कर दिंदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा को.१ ह १५८३ नं.को सिटि रिक्सा चालक सुनसरी इनरुवा २ का अन्दाजी ५५ वर्षिय लक्ष्मी साह र ठेला चलाउने सोही ठाउँका नन्दकिशोर कामत रहेका छन्।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना. ३ ख ८१८ नं.को ट्रकले उनीहरुलाई दिउँसो १४३० बजे ठक्कर दिएको हो। साहको इनरुवास्थित कुन्ती अस्पतालमा उपचार भइरहेको छ भने कामतलाई गोल्डेन अस्पताल बिराटनगर ल्याइएको छ।ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ।

0 comments:

Post a Comment