Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Thursday, August 6, 2015

बिराटनगरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु


बिराटनगरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
by BNN
मोरङ, साउन 21

मोरङको बिराटनगरमा  रोकी राखेको माइक्रोसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य एक गम्भिर घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार भोजपुर ओख्रे गाविस ४ बस्ने ५३ वर्षिय पन्चकुमार राई रहेका छन्। उनको उपचारकाक्रममा गोल्डेन अस्पतालमा आज बिहान ११३० बजे मृत्यु भएको हो। गम्भिर घाइते मोटरसाइकल चालक ३० वर्षिय उनका छोरा नलराज राईको सोही अस्पतालमा उपचार भइरहेको छ।

बिहान करिब १०३० बजे बाबु छोरा सवार को ८ प ७१६१ नं. को मोटरसाइकल बिराटनगर १७ स्थित मलाया रोडमा पार्किङ गरि राखेको को. १ च ३३३२ नं.को माईक्रोसंग ठोक्किएको थियो।

माईक्रो र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।

0 comments:

Post a Comment