Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, July 11, 2015

कांग्रेस महाधिवेशन असोज २ देखि काठमाडौंमा

कांग्रेस महाधिवेशन असोज २ देखि काठमाडौंमा

By:बी एन एन|काठमाडौं, २५ असार : नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति सरेको छ । महाधिवेशन असोज २, ३, ४ र ५ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ । यसअघि भदौ २४ देखि २८ सम्म महाधिवेशनको तिथि थियो । आज संविधानसभा भवनमै बसेको केन्द्रीय समितिको बैठकले गाउँ, नगर, जिल्लादेखि केन्द्रीय महाधिवेशनको मिति सारेको हो । नयाँ तालिकामा भदौ १ गते गाउँ र नगर, ७ गते निर्वाचन क्षेत्र, १० गते जिल्ला अधिवेशन हुने केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो । कांग्रेस जिल्ला सभापतिहरूले प्रधानमन्त्री एवं सभापति सुशील कोइरालालाई भेटेर भूकम्पबाट अति प्रभावित जिल्लाहरूमा पूर्वनिर्धारित मितिमै अधिवेशन गराउन समस्या परेकाले तालिका सार्न प्रस्ताव गरेका थिए ।makalu

0 comments:

Post a Comment