Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 10, 2015

विदेशको ग्रीन कार्ड लिने कर्मचारीलाई कारबाही गर्न बाटो खुल्यो


विदेशको ग्रीन कार्ड लिने कर्मचारीलाई कारबाही गर्न बाटो खुल्यो
by बी एन एन|२६ असार, काठमाडौं । ब्यवस्थापिका संसदले ‘राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको निजामती सेवा (चौंथो संसोधन) विधेयक, २०७१ शुक्रबार पारित गरेको छ । विधेयक पारितसँगै विदेशको डीभी/पीआर लिने कर्मचारीमाथि कारबाहीको बाटो खुलेको राजधानी दैनिकमा खबर छ ।

शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव गरेका थिए । डेढ वर्षअघि सामान्य प्रशासनमन्त्री सम्हाल्ने वित्तिकै मन्त्री पण्डितले विदेशको ग्रीन कार्ड लिने कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेका थिए ।

मन्त्री पण्डितले त्यसका लागि संसदबाट निजामती सेवा विधेयक संशोधन गर्ने बताएका थिए । तर, मन्त्रिपरिषदकै अन्य वरिष्ठ मन्त्रीहरुको अवरोधका कारण लामो समयसम्म निजामती सेवा विधेयक संशोसन हुन सकेको थिएन । मन्त्री पण्डितले यस्तो घोषणा गर्ने वित्तिकै निजामती कर्मचारीहरु त्यसको विपक्षमा उभिन पुगेका थिए । उनीहरुले मन्त्री पण्डितको यो महत्वाकांक्षी संसदबाट पारित हुन नदिन ठूलै लबिङ गरेका थिए ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपालको निजामती सेवामा विदेशी मुलुकको स्थायी बसोबाससम्बन्धी परिचयपत्रबाहक १२ हजार भन्दा बढी कमृचारी रहेका छन् । उनीहरुले अमेरिकाको ग्रीनकार्ड, क्यानाडाको पीआर र अष्ट्रेलिया लगायतका मुलुकहरुको स्थायी बसोबासको प्रमाणपत्र लिएका छन् ।OB

0 comments:

Post a Comment