Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Friday, July 10, 2015

मोरङमा सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना


मोरङमा सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना
by बी एन एन

२६ असार, मोरङ । मोरङमा सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । जिल्लामा सुर्ती र सुर्तीजन्य पदार्थ नियन्त्रण समितिले जथाभावी धुम्रपान सेवन र मापदण्डविपरीत बेचबिखन गरे जरिवाना गर्ने निर्णय गरेको छ ।

सरकारले लागू गरेको सुर्ती र सुर्तीजन्य पदार्थ बेचबिखन र सेवन नियन्त्रण ऐन २०६७ लाई कडाइ गर्ने निर्देशन गरेसँगै मोरङ प्रशासनले कडाइ गर्ने निर्णय गरेको सहायक प्रजिअ एकनाथ अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ ।
प्रशासन कडाइ गर्ने भएपछि चुरोट, खैनी, बिँडी, सुल्फा, गुट्खा, सिगार, हुक्का, कक्कड आदि सार्वजनिक स्थानमा खान पाइनेछैन् ।
सहायक प्रजिअ अधिकारीका अनुसार सार्वजनिक स्थानमा सुर्ती र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई प्रहरीले जनही सय रुपैयाँ जरिवाना गर्नेछ । जरिवानाका लागि ड्युटीमा खटिने सबै प्रहरीलाई प्रशासनले रसिद उपलब्ध गराउनेछ । जरिवाना नतिर्ने र विवाद गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीमा लैजाने छ ।OB

0 comments:

Post a Comment