Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 1, 2015

हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन

हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन
by बिराट नगर न्युज
इनरुवा, १६ साउन : सुनसरी सदरमुकाम इनरुवामा शनिबार हिन्दूवादीहरुले हिन्दूराष्ट्रको माग गर्दै  प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीमा केही दिनयता नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलन जारी रहँदा आज सदरमुकाम इनरुवामा समेत हिन्दूवादीहरुले प्रदर्शन गरेका हुन् । इनरुवास्थित महेन्द्रचौकमा रहेको राधाकृष्ण मन्दिरबाट निस्केको साधुसन्तसहितको ¥यालीमा सहभागीहरुले हिन्दूराष्ट्र घोषणाको माग गर्दै नाराबाजी गरेका थिए । नयाँ बन्ने संविधानमा नेपाल हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै हिन्दूवादीहरुले इनरुवा केन्द्रित आन्दोलन थाल्ने चेतावनीसमेत दिएका छन् । उनीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचौक खण्डमा केहीबेर सवारी आवागमनमा समेत रोक लगाएका थिए ।

0 comments:

Post a Comment