Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 1, 2015

सुन भनि बन्दकी राखी ठगी गर्ने दुई पक्राउ

सुन भनि बन्दकी राखी ठगी गर्ने दुई पक्राउ
by बिराट नगर न्युज
मोरङ, साउन १६ गते।

मोरङ्को कोशीहरैचा नगरपालीकाबाट सुन भनि बन्दकी राखी ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

मोरङ्को कोशीहरैचा नगरपालीका ४ बिराटचोक स्थित मिन बहादुर गहतराजको सुन पसलमा बाहुनी ६ की २५ बर्षिया हेम कुमारी चौधरी र सुनदरदुलारी ४ का २७ बर्षिय कर्ण बहादुर बि.क. सुन बन्दकी राख्न भनि आएकोमा सुन पसलेले बन्दकी राख्न ल्याएको सुन चेक जाँच गर्दा चाँदिमा सुनको जलप लगाई ठगी गरेको थाहा पाएपछि सो सुनको बाला सोहि पसलमा छोडि फरार भएका थिए। फरार रहेका दुई जनालाई खोजतलास गरी प्रहरीले गत सोमबार पक्राउ गरेको थियो।

उनीहरुले पथरीमा रहेको दुई वटा सुन चाँदि पसलबाट ३ थान बाला राखी ४५ हजार रुपैयाको दरले १ लाख ३५ हजार रुपैया लिएको, त्यसैगरी बेलबारी २ स्थित रायमाझी सुन चाँदि पसलबाट १ थान बाला बन्दकी राखी ४५ हजार रुपैया लिएको, त्यस्तै कोशीहरैचा ६ स्थित बिबाह लक्ष्मी ज्वेलर्सबाट १ थान चुरा बन्दकी राखी ४५ हजार रुपैया लिएको र बेलबारी ३ स्थित न्यु बराह ज्वेलर्सबाट १ थान नक्कली सुनको चुरा बन्दकी राखी ४५ हजार रुपैया लिएको भन्ने प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। साथै सो ठगीमा अन्य दुई जना समेतको सहभागिता रहेको खुलासा भएको छ।

उक्त ठगीमा बाहुनि ६ का ३४ बर्षिय बिर बहादुर बि.क र कोशी हरैचा स्थित पञ्चकन्या ज्वेलर्सका संचालक मनोज बि.क. समेतको सहभागिता रहेको प्रहरी अनसुन्धानबाट पत्ता लागेको हो। उनीहरुले ठगी गर्न प्रयोग गरिने सुनको बाला बनाउने काम गर्ने गरेको पक्राउ परेका अभियुक्तहरुले बयान दिएका छन्। ठगीमा संलग्न उक्त व्यक्तिहरु फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएका छन्।

0 comments:

Post a Comment