Broad Nepal News

Ultrasonicly Fast,Birat Nagar News

Saturday, August 1, 2015

VISION भिजन’वाला नेताज्युहरु

भिजन’वालाहरु
-------------------
Posted By बी एन एन|
उहिले पञ्चायतकालमा एउटा राष्ट्रिय गीतले भन्थ्यो, ‘नजाऊ छाडी यो देश आमालाई रुवाएर...’ गीतको भनाइ हो– विदेश जान हुन्न । युग फेरियो । सरकार आफैँ देशमा बस्नै नदिन कम्मर कसेर लागेको छ । नेपाललाई ज्येष्ठ नागरिकहरूको देश बनाउने नीति अनुसार सरकारले युवालाई विदेश पठाउन लागेको हुनुपर्छ ।
पाखुरीमा बल भएका युवा स्वदेश बसेकामा सरकार असाध्यै चिन्तित छ । कति चिन्तित भने फ्रि टिकट फ्रि भिसा अर्थात् नि:शुल्क रोजगारमा पठाउन लागेको छ । युवालाई विदेश पठाएपछि देशमा बूढापाका बाँकी रहन्छन् । यसो गरेर सरकारले नेपाललाई औद्योगिक राष्ट्रहरूको लहरमा उभ्याउन खोजेको छ । विकसित औद्योगिक देशहरूमा युवाभन्दा प्रौढ तथा वृद्धवृद्धाको संख्या धेरै छ । नेपाल पनि त्यस्तै हुने भो, उद्योगधन्दा नै नचलाई औद्योगिक देशहरूसरह ! मान्नैपर्छ सरकारी आइडिया !
ज्येष्ठ नागरिकहरूको देश बनाउन युवालाई विदेश पठाएर मात्र सम्भव छैन । जन्मदर पनि घटाउनुपर्छ । त्यसैले सरकारले गर्भपतन नि:शुल्क गरेको छ । युवालाई रोजगार दिन नसक्ने तर महिलालाई नि:शुल्क गर्भपतनको अवसर दिने विश्वमै पहिलो मुलुक हुनुपर्छ हाम्रो । शिक्षा, स्वास्थ्य स:शुल्क, वैदेशिक रोजगार र गर्भपतन नि:शुल्क ! क्या ‘भिजन’वाला छन्, हाम्रा नेताहरू !
Online Source

0 comments:

Post a Comment